राष्ट्रसंघको शान्ति मिसनमा योगदान गर्ने राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा

राष्ट्रसंघको शान्ति मिसनमा योगदान गर्ने राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् विभिन्न मुलुकमा खटिने शान्ति सैनिक संख्याका आधारमा नेपाल तेस्रो स्थानमा कायम भएको छ।

नेपाली सेनाले राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा योगदान गर्ने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा कायम रहेको जनाएको छ। सैनिक प्रवक्ता, सहायकरथी सन्तोषबल्लभ पौडेलले नेपाल राष्ट्रसंघमा योगदान गर्ने राष्ट्रमध्ये तेस्रो स्थानमा रहेको बताए।

राष्ट्रसंघीय शान्ति मिसनमा योगदान पुर्‍याउने राष्ट्रको सूचीमा नेपाल यसअघि चौंथो स्थानमा थियो। पौडेलका अनुसार अहिले विभिन्न मुलुकमा ५ हजार ६८६ जना नेपाली शान्ति सैनिक कार्यरत छन्। राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत संलग्न छ।

प्रकाशित मिति:     ४ असार २०७८, शुक्रबार  |    Himali Khabar