जी–७ ले कमजोर मुलुकलाई एक अर्ब डोज भ्याक्सिन दिने

जी–७ ले कमजोर मुलुकलाई एक अर्ब डोज भ्याक्सिन दिने

एजेन्सी। जी–७ देशहरुको समूहले महामारीमाथि संघर्षरत मुलुकहरुलाई कम्तीमा एक अर्ब डोज भ्याक्सिन सहयोग दिने भएको छ।

जी–७ शिखर सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले ५० करोड डोज सहयोग गर्ने घोषणा गरे।

सम्पन्न देशहरुले कमजोर मुलुकलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्नुपर्ने शिखेर सम्मेलनमा नेताहरुले बताए। यस पटकको शिखर सम्मेलनको मूल मुद्दा जलवायु परिवर्तन र महामारीबाट संसारलाई छुट्कारा दिलाउने रहेको छ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar