बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। जी–७सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार बेलायती महारानी एलिजाबेथ द्वितीयसँग भेट गर्ने भएका छन्। महारानीसँग भेट गर्ने उनी १३औं अमेरिकी राष्ट्रपति बन्नेछन्।

बाइडेनले महारानीसँग १९८२ मा पनि भेटेका थिए, त्यसबखत उनी सिनेटर थिए। ९५ वर्षीया महारानीले बेलायतमा शासन गरेको ७० वर्ष भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महारानीसँग २०१८ मा भेटे, त्यसबेला लन्डनमा उनको विरोधमा ठूलो प्रदर्शन भएको थियो।

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar