एल सल्भाडरले दियो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता

एल सल्भाडरले दियो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता

काठमाडौं । एल सल्भाडोर बिटक्वाइनलाई आधिकारिकरुपमा कानुनी मुद्राको रुपमा स्वीकार गर्ने पहिलो मुलुक बनेको छ । एल साल्भाडोरको संसद्मा मंगलबार भएको मतदानमा राष्ट्रपति नायिब बुकेलेको यो प्रस्ताव स्वीकृत भएको हो ।

बिटक्वाइनलाई आधिकारिकरुपमा मान्यता दिने पक्षमा ८४ मध्ये ६२ सांसदले मतदान गरेका थिए ।

राष्ट्रपति बुकेलेले सरकारले इतिहास रचेको प्रतिक्रिया दिएका छन् । यससँगै अब विदेशमा बस्ने एल सल्भाडोरका नागरिकहरुले सहजै आफ्नो मुलुकमा पैसा पठाउन सक्ने उनले बताए । उनले यो निर्णयसँगै आगामी दिनमा मुलुकको वैदेशिक लगानी वृद्धि, वित्तीय समावेशीकरणमा सुधारका साथै रोजगारी पनि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:     २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar