२०२४ को निर्वाचनमा आफूले बाजी जित्ने ट्रम्पको दाबी

२०२४ को निर्वाचनमा आफूले बाजी जित्ने ट्रम्पको दाबी

एजेन्सी। २०२० को अन्त्यमा निर्वाचन हारेपछि डोनाल्ड ट्रम्पले जनवरीमा ओभल अफिस छाडे। त्यसपछि उनले थुप्रै सार्वजनिक समारोहमा बोलिसकेका छन्। हालै उनले २०२४ मा उनको रिपब्लिकन पार्टीले पुनः उत्तरी क्यारोलाइनामा जित्ने दाबी गरेका छन्।

उनले भने, ‘‘हामी उत्तरी क्यारोलाइनामा जित्ने छौं, यो महान् राज्यलाई हामी एक पटक पुनः अगाडि बढाउने छौं।’’ उनले यसअघि पनि आगामी राष्ट्रपति निर्वाचनमा आफू उठ्ने बताइसकेका छन्।

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar