डेलीमेलको समाचार सच्याउन नेपाली दूतावासको पत्र

डेलीमेलको समाचार सच्याउन नेपाली दूतावासको पत्र

लण्डन। लण्डनस्थित नेपाली दूतावासले डेलीमेलले बेलायतीहरूको बिदामा नेपाल भेरियन्टको चुनौति रहेको भनेर छापेको समाचारप्रति आपत्ति जनाउँदै सच्याउन अनुरोध गरेको छ। नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७०,डेल्टा (बी.१.७१२.२)भेरियन्ट फेला परेका छन्।

यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि नेपालमा नयाँ भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिसकेकोले समाचार सच्याउन दूतावासले भनेको हो।

प्रकाशित मिति:     २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar