एजेन्स । भारतीय सेनाले इजरायलबाट चार वटा अत्याधुनिक ड्रोन भाडामा ल्याउन लागेको छ। चिनियाँ सीमामा निगरानी गर्न भारतीय सेनाले हेरोन टिपी नामका ती ड्रोन ल्याउन लागेको हो।
इजरायल एरोस्पेस इन्डस्ट्रिजले बनाएको यो ड्रोन १४ मिटर लामो हुन्छ। सबै मौसममा काम गर्न सक्ने यो ड्रोनले हतियार पनि बोक्न सक्छ। भारतले इजरायलसँग यो वर्षको सुरूमै ड्रोन भाडामा लिनेबारे सम्झौता गरेको थियो। सम्झौताअनुसार दुइटा ड्रोन केही दिनमै र बाँकी दुइटा केही समयपछि भारत आइपुग्ने बताइएको छ ।
उक्त ड्रोन लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल आसपासमा पठाइनेछ। गत वर्ष जुनमा गल्वान उपत्यकामा चिनियाँ सैनिकसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।