अमेरिकी राष्ट्रपति दम्पत्तिको एक वर्षको कमाइ ६ लाख डलर

अमेरिकी राष्ट्रपति दम्पत्तिको एक वर्षको कमाइ ६ लाख डलर

वासिङटन् । अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पत्तिको गतवर्षको आम्दानी विवरण सार्वजनिक भएको छ । कर दर्ता गर्ने समयावधीको अन्तिम दिन बाइडेन र उनकी पत्नी जिल बाइडेनको विवरण सार्वजनिक गरिएको हो ।

उनीहरुले सन् २०२० मा कूल ६ लाख ७ हजार ३ सय ३६ डलर आम्दानी गरेका छन् । संघीय आयकरबापत १ लाख ५७ हजार ४ सय १४ डलर खर्च गरेका छन् जुन संघीय आयकर दरको २५ दशमलव ९ प्रतिशत हो ।

सन् २०१९ मा चुनावी अभियान सुरु भएयता बाइडेन दम्पत्तिको आम्दानीमा गिरावट आएको देखिएको छ ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar