अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड युआन

अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड युआन

बेइजिङ । चीनको केन्द्रीय तथ्यांक विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ । कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन चीनको अथक प्रयासपछि राष्ट्रिय अर्थतन्त्रलाई स्थिरताका साथ अघि बढेको पछिल्लो तथ्यांकले देखाएको हो ।

तथ्यांक अनुसार जनवरीदेखि अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड चीनियाँ युआन पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.९ प्रतिशत बढी हो । अप्रिलमा चीनमा बेरोजगारी दर ५.१ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशतले कमी हो ।

त्यसैगरी उपभोग्य बस्तुको विक्री ३३ खर्ब १५ अर्ब ३० करोड युआन पुगेको छ । मालसामानको आयात तथा निर्यातको कुल रकम ३१ खर्ब ४९ अर्ब २० करोड चिनियाँ युआन पुगेको छ । चीनमा यो वर्षको अप्रिलमा इन्टरनेट मार्फत् बिक्री सामानहरूको रकम ३७ खर्ब ६३ अर्ब ८० करोड युआन पुगेको छ । सेवामूलक उत्पादनको सूची गत बर्षको सोही अवधिको तुलनामा १८.२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar