एजेन्सी। चारजना लिएर अन्तरिक्ष यात्रामा गएको स्पेसएक्सको विमान फर्किएको छ। एलन मस्कको कम्पनी स्पेसएक्सको विमान फ्लोरिडाको पनामा सहरछेउको मेक्सिको खाडीमा आइतबार दिउँसो तीनबजे फर्किएको हो।
अन्तरिक्ष यात्रामा तीन अमेरिकी र एक जापानी नागरिक थिए। अन्तरिक्ष यात्रुको यो अभियान सबैभन्दा लामो १६७ दिनको थियो। यसअघि यस्तो लामो यात्रा १९७४ मा ८४ दिनको भएको थियो।