कोरियामा एक नेपालीले भेटिएको १३ लाख प्रहरीलाई बुझाए

कोरियामा एक नेपालीले भेटिएको १३ लाख प्रहरीलाई बुझाए

सउल । दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै १३ लाख रुपैयाँ वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका ७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए ।

इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको बताइएको छ। रकममध्ये १० लाख रुपैयाँ एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन् ।

सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ–९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति:     २० बैशाख २०७८, सोमबार  |    Himali Khabar