काठमाडौं। अमेरिकाले भारतका लागि अन्तरिम राजदूतमा डेनियल स्मिथलाई नियुक्त गरेको छ।
भारतमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गर्दै सहयोग पुर्याउने उद्देश्यले अन्तरिम राजदूत नियुक्त गरेको अमेरिकाले बताएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन जनवरी २० मा आएपछि भारतका लागि राजदूत पद रिक्त छ। स्मिथले अमेरिकामा उप विदेशममन्त्री तथा विदेश सेवासम्बन्धी अनेक जिम्मेवारी निर्वाह गरिसकेका छन् । (एजिन्सीको सहयोगमा)