अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध

अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ।

अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो।

विभिन्न अमेरिकी संचारमाध्यमका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो।

प्रकाशित मिति:     १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar