सी चिनफिङ र पुटिन उस्ताउस्तै हुन् : बाइडेनले

सी चिनफिङ र पुटिन उस्ताउस्तै हुन् : बाइडेनले

काठमाडौं, १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रूसका राष्ट्रपतिहरूमा तानाशाही सोच भएको बताएका छन्।
जनवरी २० मा राष्ट्रपति बनेपछि पहिलो पटक बिहीबार पत्रकार सम्मेलन गरेर बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी समकक्षी भ्लादमिर पुटिन उस्ताउस्तै भएको बताए।

‘सी चिनफिङ पनि पुटिनजस्तै भविष्यमा तानाशाहको लहर चल्छ किनकी यति जटिल प्रणालीमा प्रजातन्त्रले काम गर्दैन भन्ने सोच राख्ने व्यक्ति हुन्,’ बाइडेनले भने,‘उनको शरिरमा प्रजातन्त्रको एउटा सानो हाड पनि छैन। तर उनी निकै स्मार्ट छन्।’

अमेरिकाले चीनसँग व्यापार, हङकङको प्रजातन्त्र र सिन्जियाङका उइघुर मुस्लिमप्रति बेइजिङको व्यवहारबारे तिक्ततापूर्ण सम्बन्ध बनाउन नचाहेको पनि बाइडेनले बताए।

प्रकाशित मिति:     १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar