पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

काठमाडौं । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ५१ लाख रुपैयाँ लागतमा सिसीटिभी क्यामेरा जडान गरिएको हो । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको हो ।

प्रकाशित मिति:     २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar