‘जुनै जोगी आएपनि कानै चिरेका’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

‘जुनै जोगी आएपनि कानै चिरेका’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । देशमा व्याप्त अस्वस्थ्य प्रतिस्पर्धा, नेताहरुको जथाभावी आस्वासन मात्र बाढ्ने प्रवृती र भ्रष्टाचारलाई केन्द्रमा राखेर ‘जुनै जोगी आएपनि कानै चिरेका’ बोलको गीत ल्याइएको छ । तिलक बस्नेतको उक्त गीत आजै मात्र उनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतले राजनीतिक दलका नेताहरुको बोली, तिनले दिएका आश्वासन र भ्रष्टाचारलाई ब्याग्यात्म र आक्रोशितशैलीमा प्रस्तुत गरिएको छ । काठमाडौंको फोहोर, स्मार्टसिटी, पानी जहाज, रेलगाडी, घरघरमा ग्यास पायप, भ्यूटावर लगायतका विषयलाई केन्द्रमा राखिएको छ।

उक्त गीतमा गायिका शोनिका लामा र तिलक बस्नेतले स्वर दिएका छन् । भिडियो निर्देशन पनि बस्नेतकै हो । गीतमा बरिष्ठ पर्यटन व्यवसायी एव्म समाजसेवी सान्त शर्मा नेताको भूमिकामा छन् भने लोकप्रिय संचारकर्मी ऋषि धमलाले पत्रकारको भूमिका छन् । प्रकाश बस्नेत र रक्षा बस्नेतले पनि अभियन गरेका छन् भने म्युजिक एरेन्ज सुदिप सागरले गरेका हुन ।

देशमा व्याप्त भ्रष्टाचार, फोहोर र चुनावका बेला नेताहरुले गरेको प्रतिवद्धता पूरा नगरेको विषयलाई गहकिलो ढंगबाट प्रस्तुत गरिएको छ। अव छिटै चुनाव पनि आउँदै गरेकाले यस गीतले आमनागरिकलाई सचेत बनाउने सक्षम र सबल नेतृत्व चयन गर्न र बाचा पूरा गराउन लगाम लगाउने विश्वास शर्माले गरेका छन् ।

प्रकाशित मिति:     २४ चैत्र २०७८, बिहीबार  |    Himali Khabar