अनुराग र तापसीसहित दुई फिल्म प्रोडक्सनले ३७० करोड भारु करछलि गरेको प्रमाण फेला

अनुराग र तापसीसहित दुई फिल्म प्रोडक्सनले ३७० करोड भारु करछलि गरेको प्रमाण फेला

काठमाडौं, २१ फागुन । बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यप र अभिनेत्री तापसी पन्नूले कुल ३७० करोड भारु करछली गरेको भारतको आयकर विभागले जनाएको छ। दुई दिनदेखि मुम्बई र पुणेमा छापा मार्दा उनीहरुसहित दुईवटा फिल्म प्रोडक्सन हाउस र ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीहरूले कर छलि गरेको प्रमाण प्राप्त भएको हो।

सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेस (सीबीडीटी) अनुसार, एक लीडिङ प्रोडक्सन हाउसले आफ्नो वास्तविक बक्स अफिस आयको तुलनामा कम कमाइ देखाएको छ। यो छलि लगभग ३०० करोड भारुको छ।

प्रकाशित मिति:     २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar