काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को ताज सुजिता बस्नेतले जितेकी छिन् । मिस नेपाल अमेरिका पनि भैसकेकी सुजिताले १० लाख रुपैयाँ नगदसहित आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा भाग लिने मौका पाएकी छिन् ।
निनाकान्त मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप घोषित भए ।
लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुजिता विभिन्न सामाजिक कार्यमा पनि संलग्न छिन् ।