नेपाल आइडलको निर्णय फेरिए, अब बास्कोटा, पोखरेल र मोक्तान

नेपाल आइडलको निर्णय फेरिए, अब बास्कोटा, पोखरेल र मोक्तान

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरिएको हो ।

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए ।

यस्तै गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताएका छन् ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar