ब्रिटनी स्पेयर्सका पिता संरक्षकबाट हट्न राजी

ब्रिटनी स्पेयर्सका पिता संरक्षकबाट हट्न राजी

एजेन्सी।अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सका पिता जेमी स्पेयर्स उनको ‘संरक्षक’बाट हट्न राजी भएका छन्।जेमीविरुद्ध ठूलो ‘पब्लिक प्रेसर’ सृजना भएपछि उनी ब्रिट्नीको संरक्षकबाट आफूलाई हटाउन राजी भएका हुन्।

सन् २००८ मा ब्रिट्नीमा मानसिक समस्या देखिएपछि अदालतले जेमीलाई ब्रिट्नीको संरक्षक बनाएको थियो।त्यसपछि ब्रिट्नी पिता जेमीको नियन्त्रणमा रहेकी थिइन्। पछिल्ला केही महिना यता पितालाई संरक्षबाट हट्न पटकपटक आग्रह गरेपनि उनले मानेका थिएनन्।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar