काठमाडौं, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्। आइतबार करिनाले दोस्रो सन्तानका रुपमा छोराको जन्म दिएकी हुन्। यसअघि करिनाले पहिलो सन्तन तैमुरको जन्म दिएकी थिइन्।
करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ। करिना र सैफअली खानलाई दोस्रो सन्तान मिलेपछि अहिले कपुर र पटौदी खानदानमा खुसीको लहर छाएको छ। करिना र सैफलाई पुत्रलाभ भएसँगै अहिले उनीहरुका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन्।
दोस्रो श्रीमती करिनाले दोस्रो सन्तानको जन्म दिएपछि सैफ चार सन्तानको बाबु बनेका छन्। यसअघि सैफले पहिलो पत्नी अमृता अमृता सिंहतर्फ दुई सन्तान रहेका छन्। सैफकी छोरी सारा अली खानले बलिउड अभिनेत्री समेत हुन्।