भारतको पहिलो एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

भारतको पहिलो एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

काठमाडौं । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘फाइटर’को घोषणा गरिएको छ । यो चलचित्रमा नायक ऋतिक रोशन र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई सन् २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

सिद्धार्थ र ऋतिकले यसअघि चलचित्र ‘ब्याङ ब्याङ’मा काम गरेका थिए । यो चलचित्रलाई भारतको पहिलो एरियल एकसन चलचित्र भनिएको छ । यो चलचित्रलाई वायकम १८ स्टूडियो, ममता आनन्द, रमोना छिब र अंकु पाण्डेले निर्माण गर्दैछन् ।

यो चलचित्रको छायांकन विश्वका विभिन्न लोकेशनमा गरिनेछ । यो चलचित्रको कथा सशस्त्र सेना, देशप्रेम र विरताको हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । नायिका पादुकोण र नायक रोशनले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar