आमा बनिन् रक्षा श्रेष्ठ, २ महिनापछि सार्वजनिक गरिन् आफ्नी छोरी

आमा बनिन् रक्षा श्रेष्ठ, २ महिनापछि सार्वजनिक गरिन् आफ्नी छोरी

काठमाडौं । अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेको खुलेको छ । उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो । उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन् ।

बुधबार उनले आफ्नो छोरीको तस्बीर सार्वंजनिक गर्दै आफू आमा बनिसकेको बताएकी छन् । यसअघि रक्षाले आफू आमा बनेको जानकारी कसैलाई दिएकी थिइनन् । यद्यपि सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो । सोही समाचारको खण्डन गर्दै रक्षाले आफू आमा बनेको खबर बाहिर नल्याइ नै छोरा जन्माएको भन्दै भ्रामक समाचार छापिएको उनले बताएकी छन् । उनले आफ्नो छोरीको तस्बीर समेत बुधबार नै सार्वजनिक गरेकी छन् ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar