चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा

चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा

काठमाडौं, ६ फागुन । नेपाली कथानक चलचित्र ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । दिनेश राउतको निर्देशन रहने चलचित्र मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो ।

फागुनको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहनेछ । चलचित्रमा प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थीलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar