एजेन्सी । सुपरमोडल कारा डेलेविग्नेले सेक्स टोइजको व्यापार सुरु गरेदेखि नै आफ्नो साथीभाईलाई गिफ्ट स्वरुप सेक्स टोइज दिने गरेको खुलासा गरेकी छिन् । पेज सिक्सका अनुसार एक पोडकास्टमा यी सुपरमोडलले भनेकी छिन्, ‘क्रिसमसभन्दा पहिलेदेखि नै मेरा साथीहरुले भन्दै थिए कि क्रिसमसमा के उपहार आउँछ । त्यस समय मैले धेरैलाई सेक्स टेक पठाइरहेको थिएँ । यो मेरा लागि निकै अलग थियो ।’
काराले यी उत्पादनकहरुलाई टोइज भन्नुको सट्टा टेक शब्द प्रयोग गर्ने गर्छिन् । यसबारे उनको भनाई छ, ‘म यसलाई टोयज भन्नुको सट्टा टेक भन्न मन पराउँछु । किनकि, टोय (खेलौना) त बच्चाहरुका लागि भयो । यो टेक हो र निकै मज्जाको छ ।’
सेक्स टोय ब्रान्ड बजारमा ल्याएपछि काराको आफ्नै सेक्स लाइफमा भने कस्तो परिवर्तन देखिएको छ रु यसबारे उनी भन्छिन्, ‘म कहिल्यै यो भन्दिन कि मलाई के मनपर्छ र म के चाहन्छु । मेरो मान्यता यसबारे प्रयोगकर्ताले आफैं थाहा पाउन् भन्ने छ । के यसका बारेमा मानिसहरुले कुरा गर्नु जरुरी छ र रु’