मिस एण्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ काे उपाधि काजल र डाेम्साङलाई

मिस एण्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ काे उपाधि काजल र डाेम्साङलाई

काठमाडौ । एनआरडि इन्टरटेन्डमेन्टद्वारा आयोजित मिस एन्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ को उपाधी नुवाकोटकि काजल तामाङ र दाेलखाकी डाेमसाङ तामाङले हात पारेका छन् । आयोजक कम्पनीका अध्यक्ष नम्रता तामाङकाे मुख्य आयोजनाका साथै चेसाङ तामाङ, फेसन काेरियाेग्राफर एवम् इभेन्ट म्यानेजर नमुना तामाङ, अफिसियल काेरियाेग्राफर आश्रु महर्जन, कार्यक्रम सञ्चालक करण तामाङ लगायत आयाेजक समुहमा रहेर उक्त समारोह ललितपुरकाे ज्यापू एकेडेमीमा साेमबार भव्य रुपमा सम्पन्न गरेका हुन् ।

कार्यक्रमकाे अध्यक्षता कम्पनीका सिइओ एवम् प्रमुख सञ्चालक नम्रता तामाङ रहेकाे थियोे भने प्रमुख अतिथिकाे रुपमा लाेकप्रिय समाजसेवी एवम् तान्त्रिक झाँक्री संघका अध्यक्ष प्रकाश भुजेलले सम्बाेधन गर्नु भएको थियोे ।

समारोहमा मिस ट्यालेन्ट नेपाल २०२६ तर्फ नुवाकोट शिवपुरीकि काजल तामाङले जितिन भने सारदा तामाङ फिर्स्ट रनरअप र स्वेता खुङ्बा सेकेन्ड रनरअप बन्न सफल भइन ।

यसैगरी मिसेस ट्यालेन्ट नेपाल २०२५ तर्फ बुगु गाउँपालिका दाेलखाकी डाेमसाङ तामाङले विजता हासिल गरेकी हुन् भने मिरा तामाङ फर्स्ट रनरअप करिणा बस्नेत र सेकेन्ड रनरअप हुन सफल भएकी हुन् ।

अर्गनाईजर चाेइस उपाधि भने कृषा दराईले हात पारेकी हुन भने सप टाइटल अवार्ड विजेताहरुमा बेस्ट वाक अवार्ड नाङसाल तामाङ, बेस्ट कन्फिडेन्ट अवार्ड एलजिना तामाङ, मस्ट एक्टिभ अवार्ड करिणा बस्नेत, भियु च्वाइस अवार्ड मिस तर्फ काजल तामाङ,बेष्ट ड्रेस अवार्ड काजल तामाङ, पब्लिक च्वाइस अवार्ड सारदा तामाङ, मिस एलिजेन्स अवार्ड स्वेता तामाङ, अर्गनाइजेसन च्वाइस टाइटल कृषा दराई, बेष्ट स्किन अवार्ड कृषा दराई, भिवर च्वाइस अवार्ड दाेमसाङ तामाङ र पब्लिक च्वाइस अवार्ड मिरा तामाङले जितिन ।

प्रकाशित मिति:     ७ आश्विन २०८२, मंगलवार  |    Himali Khabar