माल्टामा झुमा झुम्कावाली प्रमोद खरेलको सांगीतिक साँझ हुने

माल्टामा झुमा झुम्कावाली प्रमोद खरेलको सांगीतिक साँझ हुने

काठमाडौं । तमु समाज माल्टाको आयोजनामा चर्चित गायक प्रमोद खरेलको साँगीतिक साँझ हुने भएको छ । यही सेप्टेम्बर दुई तारिखका दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको तमु समाजका कार्यबाहक अध्यक्ष पमबहादुर गुरुङले जानकारी दिए ।

झुमा झुम्कावाली गायक खरेलसँगै स्थानीय कलाकारको समेत बेजोड प्रस्तुती रहने कार्यक्रम कुलेज फुटबल ग्राउण्डमा साँझ ५ बजेदेखि राति दश बजेसम्म चल्ने छ । कार्यवाहक अध्यक्ष गुरुङले माल्टामा रहेका नेपाली समाजका हरेक संघ संस्था र व्यक्तित्वहरुसँगको सल्लाहमा कार्यक्रम आयोजना गर्न लागिएको बताउँदै साथ र सहयोगको अपेक्षा गरेका छन् । कावा अध्यक्ष गुरुङले नेपाली गित संगित र संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई भब्य बनाउन माल्टामा रहेका नेपालीलाई आग्रह समेत गरेका छन् । नजिकँदो चाड पर्वलाई समेत ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएकाले नेपाली समुदायको बाक्लो उपस्थिति रहने आयोजकको विश्वास छ ।

तमु समाज यस अघि माल्टामा आयोजित अन्य कार्यक्रममा पनि सक्रिय रहँदै नेपाली कला र संस्कृति संरक्षणमा भुमिका खेल्दै आएको छ । यसैबीच एनआएएनए माल्लाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङले तमु समाजले आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रम भब्य बनाउन माल्टाबासी नेपालीलाई आग्रह गरेका छन् ।

एनआरएनए बरिष्ठ उपाध्यक्षको हैसियतमा आफुले नेतृत्व गरिसकेको तमु समाजले आयोजना गर्न लागेको कार्यक्रम भब्य बनाउन कुनै कसर बाँकी नराख्ने गुरुङले जानकारी दिए । माल्टाबासी हरेक नेपालीले यो कार्यक्रममा साथ दिनुपर्नेमा गुरुङको जोड छ । कार्यक्रमबारे जानकारी चाहने नेपालीले एसपी गुरुङ 99338456 र पमबहादुर गुरुङ 77718778 लाई सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति:     ३० श्रावण २०८०, मंगलवार  |    Himali Khabar