करियर फेस्टको तेस्रो संस्करण सम्पन्न

करियर फेस्टको तेस्रो संस्करण सम्पन्न

काठमाडौं । करियर पोइन्ट एजुकेसन प्राइभेटले वार्षिकरुपमा आयोजना गर्दै आएको करियर फेस्ट कार्यक्रमको तेस्रो संस्करण सम्पन्न भएको छ। मंगलबार कार्यक्रमको पहिलो चरणमा २० भन्दाबढी कलेजहरुले विद्यार्थीहरुलाई नेपालमै उच्च शिक्षा हाँसिल गर्न आवश्यक परामर्श प्रदान गरेका थिए ।

उक्त सत्रको उद्घाटन नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले गरे । जसमा टेक्सास, प्रेसिडिन्सियल् लगायतका कलेजका प्रधानाध्यापकहरु पनि थिए।
नेता पौडेलले विद्यार्थीहरुले विभिन्न बिदेशी विश्वविद्यालयहरूले पनि नेपालमै पाठ्यक्रम संचालन गरेकाले नेपालमै पढ्नु पर्नेमा जोड दिए।

यस्तै दोस्रो चरणको सेमिनारमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गरे। कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ लगायतले आ–आफ्नो विद्यार्थी जिवनका सुख र दुखका क्षण सुनाउँदै सम्पूर्ण सबैले मिहिनेत गरि नेपालमै पढेर देशलाई योगदान गर्न सुझाव दिएका थिउ ।

प्रकाशित मिति:     ७ पुष २०७८, बुधबार  |    Himali Khabar