बेलायतले नेपाललाई दियो एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप

बेलायतले नेपाललाई दियो एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप

काठमाडौं । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ। बेलायतले उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप बिहीबार नेपाल आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन्। बेलायतको सहयोगले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने उनको विश्वास छ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar