औषधिको मूल्य बढाउने सरकारी तयारी

औषधिको मूल्य बढाउने सरकारी तयारी

काठमाडौं । सरकारले औषधिको मूल्य बढाउने तयारी गरेको छ। मूल्य परिमार्जनका लागि आज औषधि व्यवस्था विभागमा बैठक बस्न लागेको छ। विभागले आज दिउसो १ बजे औषधि मूल्य अनुगमन समितिको बैठक बोलाएको हो।

बैठकमा औषधिहरुको मूल्य परिमार्जन, संशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुनेछ। विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको छ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar