चिकित्सा शिक्षा आयोगको नतिजा सच्चाउन माग

चिकित्सा शिक्षा आयोगको नतिजा सच्चाउन माग

काठमाडौं । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ ।

परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो । एशियाका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनःविचार गर्नुपर्ने बताए । उनले कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताए ।

पहिलोपटक आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णका लागि ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको थियो । जसले गर्दा यसपटक तोकिएको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar