कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा कोरोना महामारीका कारण जोखिम भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो।

निरन्तर बढिरहेको कोरोना महामारीका कारण परीक्षा स्थगित गर्ने सीसीएमसीको सुझाव, विद्यार्थी संगठन र अभिभावकको मागअनुसार परीक्षा स्थगित भएको छ।

प्रकाशित मिति:     २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar