काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउनुपूर्व आफ्नो नाम ‘पूर्वदर्ता’ गर्नुपर्ने नियम बनाएको छ।खोप केन्द्रहरुमा भिड बढेपछि त्यसलाई व्यस्थित गर्न यस्तो नियम ल्याइएको हो।
नयाँ नियमअनुसार खोप लगाउन चाहनेले मन्त्रालयको खोप सम्बन्धी आधिकारिक वेबसइटमा ‘भ्याक्सिन डट एमओएचपी डट जीओभी डट एनपी’मा गएर आफ्नो नाम अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ।नाम दर्ताको आधारमा लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।