काठमाडौंमा कोरोना खोप कार्यक्रम स्थगित

काठमाडौंमा कोरोना खोप कार्यक्रम स्थगित

काठमाडौं । मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौं महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ । १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको महानगरपालिकाको सहरी विभाग प्रमुख हरि कुँवरले बताएका छन् ।

खोप कार्यक्रम चार दिनसम्म सञ्चालन भएको थियो । अर्को सूचना जारी नभए सम्म खोप कार्यक्रम स्थगित गरेका छौ,उनले लेखेका छन् ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar