जोनसन एण्ड जोनसनको खोप अब १८ वर्ष माथिकालाई पनि सुरु

जोनसन एण्ड जोनसनको खोप अब १८ वर्ष माथिकालाई पनि सुरु

काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई पनि कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ। काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानिसलाई खोप दिन थालिएको जानकारी दिए।

सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको हो।अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्ने बताए।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar