चीनबाट आज ल्याइएको ८ लाख कोरोना खोप क–कसले पाउँछन् ?

चीनबाट आज ल्याइएको ८ लाख कोरोना खोप क–कसले पाउँछन् ?

काठमाडौं । चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुपछि ५५ देखि ६० वर्ष उमेर समूहलाई लगाउने योजना छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar