भारतमा कोरोनाको डेल्टा प्लस जस्तै एवाई.२ म्युटेशन पुष्टि

भारतमा कोरोनाको डेल्टा प्लस जस्तै एवाई.२ म्युटेशन पुष्टि

एजेन्सी। अमेरिका र बेलायतमा जस्तै भारतमा पनि डेल्टा भेरियन्टको अर्को पनि म्युटेशन पुष्टि भए पनि सरकार मौन बसेको छ। वैज्ञानिकहरुले डेल्टा प्लसजस्तै एवाई.२ म्युटेशन पुष्टि भएको जानकारी दिएका हुन्।

हालसम्म अमेरिकामा सबैभन्दा बढी एवाई.२ म्युटेशन पाइएको थियो। भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद(आईसीएमआर) ले अहिलेसम्म ५ जनामा एवाई.२ भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो। यी संक्रमित राजस्थान, कर्नाटक र महाराष्ट्रमा भेटिएका हुन्।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar