काठमाडौं । विदेशमा चिकित्सा शिक्षा स्नातक तह अध्ययन पूरा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोभिड–१९ का कारण अध्ययन गरेकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न नपाएकाहरुलाई नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाइएको हो ।
२०२० को अप्रिलको अन्तिमसम्ममा परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । आयोगले विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोभिड–१९ ले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन सूचना समेत जारी गरेको छ । आयोगका अनुसार अनलाइन आवेदन असार २४ देखि साउन ५ गतेसम्म भर्न सकिने छ ।