आफूखुसी विद्यार्थीलाई नम्बर दिने र प्रश्नपत्र बाहिर्याएको आरोपमा दुई उपप्राध्यापक बर्खास्त

आफूखुसी विद्यार्थीलाई नम्बर दिने र प्रश्नपत्र बाहिर्याएको आरोपमा दुई उपप्राध्यापक बर्खास्त

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ। ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो।

यादवमाथि आफूखुशी विद्यार्थीलाई नम्बर दिएको आरोपमा बर्खास्त गरिएको हो भने पन्तलाई प्रश्नपत्र बाहिर्‍याएको भन्दै बर्खास्त गरिएको छ। अक्षम्य शैक्षिक अपराध गरेकाले उनीहरुलाई बर्खास्त गरिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बताए।

आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्ष विश्वविद्यालयले निकालेको हो। यादव स्थायी हुन् भने पन्त करार सेवामा थिए। पन्तलाई यसअघि नै ३ महिनाका लागि निलम्बन गरिएको थियो।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar