आगामी शैक्षिक सत्र असार १ देखि

आगामी शैक्षिक सत्र असार १ देखि

काठमाडौं । आगामी शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएको छ। भौतिक रूपमा कक्षा सञ्चालन गर्ने सम्भावना नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशनसमेत दिइसकेका छन्।

वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने भएकाले तयारी थाल्न मन्त्री श्रेष्ठले सम्बद्ध पक्षलाई निर्देशन दिएका हुन्। योसँगै अब कक्षा १० सम्मका विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ।

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar