कोरोना खोप लगाउन अमेरिकन नागरिकले किन देखाए चरम अनिच्छा ?

कोरोना खोप लगाउन अमेरिकन नागरिकले किन देखाए चरम अनिच्छा ?

काठमाडौं । कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले अनौठो स्किम निकालेको छ । नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर पुरस्कार जित्नेछन् ।

सरकारको यो घोषणाले खोप अभियानमा केही सकारात्मक प्रभाव पार्न सुरु गरिसकेको छ । स्किम घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च हो ।

मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरु जसले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन, उनीहरु यो चिठ्ठा अभियानमा सहभागी हुन सक्ने जनाएको छ ।

अमेरिकामा पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउनै आएका छैनन् ।

यस्तै हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दा जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका छन् भने १२ प्रतिशत हाराहारीले मात्र दुवै डोज लगाएका छन् ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar