काठमाडौं महानगरपालिकाका बिद्यालयले जेठ २० भित्र परिक्षा सन्चालन गर्नुपर्ने

काठमाडौं महानगरपालिकाका बिद्यालयले जेठ २० भित्र परिक्षा सन्चालन गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ भित्रै उपयुक्त विधिबाट विद्यार्थीको मूल्यांकन गरेर असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै अनलाइन, अफलाइन वा अन्य उपयुक्त माध्यमबाट जेठ २० गतेसम्म परिक्षा सन्चालन गरि जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्न भनेको छ । त्यस्तै महानगरपालिकाले असार पहिलो साताबाट शैक्षिकसत्र सन्चालन गर्ने व्यावस्था गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar