अमेरिकामा कोरोना खोप लगाएकाले मास्कबिनै हिँडडुल गर्न सक्ने

अमेरिकामा कोरोना खोप लगाएकाले मास्कबिनै हिँडडुल गर्न सक्ने

एजेन्सी। अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाहरुले अब मास्क बिना नै हिँडडुल गर्न पाउने भएका छन्। राष्ट्रपति जो बाइडेनले यो एक खुसीको दिन भएको बताएका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले नयाँ दिशा निर्देश जारी गरेपछि राष्ट्रपति बाइडेन ओवल हाउसमा सांसदसँग मास्क बिना नै छलफल गरेका थिए। योसँगै अब आम मानिसहरु खुला स्थानमा समेत मास्क बिनै हिँडडुल गर्न पाउनेछन्।

प्रकाशित मिति:     ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar