नेपालामा आज एकै दिन २ सय ६६ जनामा कोरोना सन्क्रमित

नेपालामा आज एकै दिन २ सय ६६ जनामा कोरोना सन्क्रमित

काठमाडौं, २३ चैत । नेपालमा २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ सय ६६ जनालाई संक्रमण पुष्टि भएको हो। यो संख्या आइतबारको भन्दा ९० ले बढी हो।

४ हजार ५३६ जनाको पीसीआर परीक्षण भएकोमा २६६ जनालाई संक्रमण पुष्टि भएको हो। सोमबारमात्रै कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। योसंगै मृत्यु हुनेको संख्या तीन हजार ३६ पुगेको छ।

त्यस्तै एक सय दुई जना संक्रमण मुक्त भएका छन्। हालसम्म एक हजार आठ सय ३२ संक्रिय संक्रमित रहेका छन् भने ६४ जना क्वारेन्टिनमा छन्।

उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जना रहेका छन्।

प्रकाशित मिति:     २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar