भारतबाट आएका १२ जनामा कोरोना संक्रमण

भारतबाट आएका १२ जनामा कोरोना संक्रमण

धनगढी,१७ चैत । पछिलो समय भारतमा कोरोना संक्रमित बढ्न थालेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ।
धनगढीस्थित कोरोना अस्पतालमा कोरोना संक्रमणका बिरामी थपिने क्रम बढेको छ ।

सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सामेबार गरिएको २९ नमुना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमितमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जना रहेका छ्न ।

प्रकाशित मिति:     १७ चैत्र २०७७, मंगलवार  |    Himali Khabar