काठमाडौं, २६ फागुन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । यी दुई कम्पनीले आइपीओ बिक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसेका छन् ।
मनकामनाले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ ल्याउँदै छ भने जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।
यस्तै मनकानाको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल र जीवनको एनएमबि क्यापिटल रहेको छ ।