काठमाडौं, २३ फागुन । आइतबार शेयर बजार परिसुचक (नेप्से) २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा बन्द भएको छ।
परिसूचकको दिन कारोबार पनि केही दिन अघिको तुलनामा कम छ । आइतबार ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २ सय ११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर खरिद विक्री भएको छ । सबैभन्दा धेरै खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर लिमिटेडको भएको छ ।
आइतबार होटल तथा पर्यटन समूह र हाईड्रोपावर समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक घटेको छ ।