किन परिवर्तन भयो ज्योति लाइफको आइपीओ निष्कासन मिति ?

किन परिवर्तन भयो ज्योति लाइफको आइपीओ निष्कासन मिति ?

काठमाडौं, १८ फागुन । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन मिति परिवर्तन भएको छ । ज्योतिको आइपीओ अब फागुन २१ गतेदेखि खुला हुने भएको छ ।

यसअघि कम्पनीले फागुन २३ गतेदेखि आइपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो । तर, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन गरिएको हो ।

अब यो आइपीओमा फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आइपीओ बिक्री खुला गर्नेछ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता ३० हजार कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ

प्रकाशित मिति:     १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar