न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आजदेखि आवेदन खुला भएको हो ।

बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

प्रकाशित मिति:     १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar