काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।
सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर विवादमा तानिएका साउदले राजीनामा दिएका हुन्। नियामक निकायमा बसेर ‘स्वार्थ बाझिने’ कार्य गरेको भन्दै उनीमाथि अनुसन्धान सुरु भएको थियो।
साउदलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। साउदको कार्यकाल दुई महिना बाँकी छ।